
साधना लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा
माघ १४, शुक्रबार
साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक २ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीहरुलाई २५% बोनस सेयर पठाएको छ । बोनस सेयर डिम्याट खाता अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न बैंकले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
कात्तिक १३ गतेका दिन बसेको बैंकको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १.32% नगद लाभांश र २५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले नगद लाभांश भने यसअघिनै सेयरधनीको बैंक खातामा पठाइसकेको छ ।