
खाद्य निर्यातमा प्रतिबन्ध लगाएको देशहरूको सूची
रसिया र युक्रेनको युद्धले गहुँको मूल्यमा धेरै वृद्धि भएको छ | रसिया र युक्रेन गहुँको सबैभन्दा ठूलो निर्यातकर्ताहरू हुन् | युक्रेन संकटको कारण धेरै देशहरूले गहुँ र अन्य खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन्।
अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानले ”युद्ध जारी रहँदा, खाद्यान्नको अभाव, विशेषगरी अन्न र तरकारी तेलको अभाव तीव्र हुने सम्भावना बढ्दै गएको छ, जसले धेरै देशहरूलाई व्यापारमा प्रतिबन्ध लगाउनेतर्फ अग्रसर गराउँछ,” भन्यो।
रुस–युक्रेन युद्धका कारण यस वर्ष अन्नको मूल्य बढेपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । युद्धले गहुँको मूल्यमा ठूलो मुल्य वृद्धि गरेको छ, रसिया र युक्रेन वस्तुको सबैभन्दा ठूलो निर्यातकर्ताहरू मध्येका छन्। विश्व बैंकका अनुसार विश्वको गहुँ निर्यातमा दुवै देशको २९% हिस्सा ओगटेको छ ।
“COVID-सम्बन्धित आपूर्ति श्रृंखला अवरोधहरू र गत वर्ष खडेरीले घटेको उपजका कारण खाद्यान्नको मूल्यहरू पहिले नै उच्च भएकाले, रसियाको आक्रमण विश्वव्यापी खाद्य बजारहरूको लागि नराम्रो समयमा आयो,” अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (IFPRI) ले भन्यो।
इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्युटका अनुसार जौ, सूर्यमुखी र सूर्यमुखी तेलका साथै मकै जस्ता धेरै महत्त्वपूर्ण अन्न र तिलको लागि रुस र युक्रेन शीर्ष पाँच विश्वव्यापी निर्यातकर्ताहरू हुन्।
निर्यातमा रोक लाउने राष्ट्रमा भारत एक्लो छैन। रुस र युक्रेनका बाहेक इजिप्ट, काजाकिस्तान, कोसोभो र सर्बियाले पनि गहुँ निर्यातमा प्रतिबन्ध लगाएका छन् ।
इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्युटले विकसित गरेको लाइभ ट्र्याकरका अनुसार रूस-युक्रेन युद्ध सुरु भएको महिनाहरूमा खाद्य निर्यातमा प्रतिबन्ध लगाउने देशहरूको सूची यस प्रकार रहेको छ ।



स्रोत एजेन्सी