
म्यानचेस्टर सिटिले हात पार्यो इङ्गलिस प्रिमियर लिग, लिभरपूल दोस्रो स्थानमा
इङ्गलिस प्रिमियर लिग म्यानचेस्टर सिटिले जित हात परेको छ | आज भएको खेलमा म्यानचेस्टर सिटिले एस्टोन भिल्लालाई हराउदै जित हात पारेको हो | आज भएको लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटिले एस्टोन भिल्लालाई ३ -२ गोल अन्तरले हराउदै लिग आफ्नो नाम गरेको छ |
खेलको ३७ औं र ६९ औं मिनेटमा एस्टोन भिल्लाले २-० को अग्रता लिए पनि म्यानचेस्टर सिटिले ७६, ७८ र ८१ औं मिनेटमा गोल फर्काउदै ३-२ ले खेल आफ्नो हात पार्यो |
अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुले उल्भ्सलाई ३-१को गोल अन्तरले हराउदै खेल जितेको छ |
तालिकामा सिटि लिभरपुल भन्दा १ अंकले मात्र माथि रहेको छ |