
नेष्डो समृद्द लघुवित्तले डाक्यो साधारणसभा, लाभांश भने नदिने
नेष्डो समृद्द लघुवित्तले असार ३१ गते शुक्रबार आफ्नो केन्द्रीय कार्यालय कुश्मामा साधारणसभा आह्वान गरेको छ । यसको बुक क्लोज असर २३ गतेदेखि असार ३१ गतेसम्म हुनेछ । असार २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
यसले लाभांश भने नदिने भएको छ |
यस्ता प्रस्ताव:
क) सामान्य प्रस्तावहरुः
१) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूवाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
३) आर्थिक वर्ष २०७८/७९ को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।
४) स्वतन्त्र सञ्चालकको नियक्तीको अनमोदन गर्ने सम्वन्धमा ।
५) सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने ।
ख) विशेष प्रस्तावः
१) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैकिङ्ग सम्वन्धि कार्यहरु गर्ने प्रवन्धपत्रको दफा ५ (त) थप गर्ने ।
२) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न सञ्चालकको मासिक पारिश्रमिक तथा अन्य सुविधा वृद्धि / थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने ।
३) वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीहरुमा आवश्यक संशोधन गर्नुपर्ने भएमा छलफल गरी शंसोधन गर्ने सम्वन्धमा ।
४) यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने, समझदारी पत्र मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
५) वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको शंसोधनका सम्वन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरवदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही वमोजिम गर्न/गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा।