Mon 29 Nov, 2021

नेप्सेलाई निफ्राको जवाफ ; चाँडै नै वण्ड जारी हुनेछ


नेप्सेलाई निफ्राको जवाफ ; चाँडै नै वण्ड जारी हुनेछ

नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) संग नेपाल स्टक एक्सचेञ्जले वण्ड जारी गर्ने बिषयमा स्पष्ट्रिकरण मागेको त सबैलाई अवगत नै छ | उक्त स्पष्ट्रिकरणको जवाफ दिदै निफ्राले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको बताएको छ।

नैप्समा सूचीकृत हुनु अगावै ३० मिलियन डलरको बण्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केहि सहमति स्वीकृतिहरु लिइसकेको र थप सहमति लिदै चाँडै नै वण्ड जारी गर्ने जनाएको छ।

बैंकले आफ्नो वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निश्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत बण्ड जारी गर्ने विषय खुलस्त पारिसकेको जनाएको छ।

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निश्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत खुलस्त पारिसकेको जनाएको छ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT