Mon 29 Nov, 2021

ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण(Q3)


ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण(Q3)

ज्योति विकास बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण (Q3) सार्वजनिक गरेको छ । बैंकले खुद नाफामा सुधार गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.१८% ले धेरै हो । गत वर्ष बैंकले ४३ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

यता, बैंकको खुद ब्याज आम्दानी भने ६.३२% ले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकले सञ्चालन नाफा भने ३८.२४% ले बढाएर ८६ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ६२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT