Mon 29 Nov, 2021

नेप्सेमा आज ; जिवन बिमा क्षेत्र घट्दा नन लाइफमा केहि सुधार


नेप्सेमा आज ; जिवन बिमा क्षेत्र घट्दा  नन लाइफमा केहि सुधार

आज नेप्से ५.०९ (०.१९% ) ले घटेर २,६४९.६ अंकमा पुगेको छ |

NEPSE

आज नेप्सेमा २१८ संस्थाको ७८,७७१ कारोबारमा १४,८६७,९९६ कित्ता शेयर कारोबार भएको छ |

आज बैंक , विकास बैंक , लाइफ इन्सुरेन्स , म्युचल फन्ड , माइक्रो फाइनेन्स जस्ता वितिय संस्था घटेका छन् भने हाइड्रो, फाइनेन्स , नन लाइफ इन्सुरेन्स भने बढेका छन् |
बैंक क्षेत्र आज ४.९९ (०.२८%) ले घटेर १,७७१६.६१ अंकमा झरेको छ |
होटेल र टुरिजम क्षेत्र ३७.७८ (१.१३%) अंकले घटेको छ |
विकास बैंकमा पनि रातो लागेको छ | यस क्षेत्र ३.२६ अंकले (०.१२%) घटेर २,८१६.३६ बिन्दु मा आइपुगेको छ |
माइक्रो फाइनेन्स ३.८९ अंकले (०.०७%) घट्दा म्युचल फन्ड पनि ०.०२ अंकले घटेको छ |
लाइफ इन्सुरेन्स वितिय छेत्र ५५.२४ अंकले झरेको छ | ०.३२ % ले झर्दै जिबन बिमा १७,३४९.९६ अंकमा आइपुगेको छ |
जिबन बिमा क्षेत्र घट्दा नन लाइफ इन्सुरेन्स भने ९.२७ अंकले बढेर १३,२६३.२९ मा पुगेको छ | जुन ०.०७ % ले वृद्धिहो |
हाइड्रोमा ४५.२७ले सुदार आउदै १.७३ %ले बढेको छ | फाइनेन्स पनि १०.०८ अंकले (०.८१%) बढेको छ |

आज सबै भन्दा धेरै बजार मुल्य बढ्ने मा रैराङ हाइड्रोपावर , रिडी हाइड्रोपावर, बिशाल बजार , महिला लघुवित्त रहेका छन् |

आज बजार मूल्य धेरै गुमाउनेमा लघुवित्तअघाडी देखिएको छ | धेरै बजार मूल्य घट्नेमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त रहेका छन् |

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT