Mon 29 Nov, 2021

सनराइज बैंकको संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने


सनराइज बैंकको संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने

सनराइज बैंकका (SRBL) संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख ८३ हजार ७८६ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।
यसमा सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १४० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT