Mon 29 Nov, 2021

नेप्सेले AON सुविधा हटायो


नेप्सेले AON सुविधा हटायो

नेप्सेले आज जेठ ३० गते देखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (AON) सुविधा हटाएको छ । नेप्सेले खरिद आदेशमा भएको AON सुविधा हटाएको हो । बिक्री आदेशतर्फ भने AON सुविधा कायमै राखेको छ । नेप्सेले AON सुविधालाई सेयर खरिद आदेश दिंदा प्रयोग गर्न नमिल्ने गरी हटाएको हो ।
नेपाल धितोपत्र बोर्डले उक्त सुविधा रोक्न निर्देशन दिएसँगै नेप्सेले उक्त अप्सनलाई बाइङमा रोकेको प्रवक्ता मुराहरी पराजुलीले नेपाली पैसालाई जानकारी दिएका छन् । धितोपत्र बोर्डले अर्को सूचना जारी नभएसम्मको लागि AON लाई रोक्न निर्देशन दिएसँगै नेप्सेले उक्त सुविधालाई डिसएबल बनाएको हो । AON सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न गरेर चलखेल गर्न नपाउने जानकारहरुले बताएका छन् ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT