Mon 29 Nov, 2021

आर्थिक वर्षको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो ; अर्थमन्त्रीको नियुक्तिलाई सकारात्मक रुपमा लिए


आर्थिक वर्षको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो ; अर्थमन्त्रीको नियुक्तिलाई सकारात्मक रुपमा लिए

चालु आर्थिक वर्षको अन्तिम दिन बिहीबार बजार सकारात्मक गतिमा देखिएको छ। बिहीबार चालु आर्थिक वर्षको अन्तिम दिन हो । अर्थमन्त्री जनार्दन शर्माको नियुक्तिलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएको बुज्न सकिन्छ । सेयर बजारका लागि धेरै पक्षहरु सकारात्मक रहेका बेला आजको बजारको अवस्थाले तरलता थप सहज हुँदै जाने लक्ष्यण देखाएको छ ।

आज नेप्से दोहोरो अंकले बढेर नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । नेप्से ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा आइपुगेको छ ।

भर्खर नयाँ सरकार बनेको छ । नयाँ अर्थमन्त्री आएका छन् । केन्द्रीय बैंकले पनि वित्तीय तथा पुँजी बजारलाई सन्तुलित हिसाबले अघि बढाउनुपर्ने अवस्था छ । यसर्थ, मौद्रिक नीति पनि समग्रमा बजारमैत्री नै आउने अपेक्षा भइरहेको छ ।

अबको बजारले कस्तो बाटो लिन्छ भन्ने मौद्रिक नीतिमा भर पर्ने भएकाले पनि अर्थ मन्त्रालयबाट र राष्ट्र बैंकलाई थप चुनौती र जिम्मेवारी रहेको छ | नीतिपछि बजारमा उत्साह आउने विश्लेषकहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT