
जलविद्युत लगानी तथा विकास कम्पनीले लिलामीमा खुल्ला गरेको सेयर बाँडफाँट
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL)ले लिलामीमा खुल्ला गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर असोज ७ गतदेखि असोज बिक्री खुला गरेको थियो । उक्त लिलामीको बोलपत्र असोज २२ गते खोलिएको थियो ।
यसमा सर्वसाधारण समूहमा न्यूनतम २२५ रुपैयाँ १० पैसाका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम बाँडफाँट गरिएको छ । यस्तै, २२५ रुपैयाँका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई पनि समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलले जनाएको छ ।
यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा कात्तिक ७ गते देखि फिर्ता गर्न शुरु गरेको बिक्री प्रबन्धकले जनाएको छ ।