Sun 23 Jan, 2022

युनाइटेड मोदी हाइड्रोपावर घाटामा


युनाइटेड मोदी हाइड्रोपावर घाटामा

युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । गत वर्ष ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले यस वर्ष १ करोड ४० लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीको सञ्चालन आम्दानी घटेर ३ करोड ९७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष सञ्चालन आम्दानी ८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । अन्य श्रोतबाट हुने आम्दानी ६ लाख रुपैयाँबाट घटेर ३ लाख रुपैयाँमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४५ पैसा रहेको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT