Sun 23 Jan, 2022

एनएचपीसीले पायो लाइसेन्स


एनएचपीसीले पायो लाइसेन्स

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्धुत आयोजना निर्माणका लागि लाइसेन्स पाएको छ । जलविद्धुत विकास विभागका महानिर्देशक सन्दीप कुमार देवले नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेलाई उक्त लाइसेन्स हस्तान्त्रण गरेका हुन् । एनएचपीसीले सबैभन्दा बढी रकम कबोल गरेपछि, इन्द्रावतीको लाइसेन्स पाउने निश्चित भएको थियो । तल्लो इन्द्रावती आयोजना बनाउनका लागि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइवा एन्ड लामा अनलि मल्टी जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड जस्ता कम्पनीहरुले सहभागी गरेका थिए ।

नेसनल हाइड्रोपावर सुनकोसीको सुरुङ निर्माण रोकिएपछि विद्युत विकास बिभागले एनएचपीसीबाट तल्लो इन्द्रावतीको लाइसेन्स खारेज गरेको थियो । तल्लो इन्द्रावती आयोजना निर्माण रोकिएपछि सरकारले खारेज गरेर प्रतिस्पर्धाबाट बनाउने भनेको थियो । 

तल्लो इन्द्रावती आयोजना नेसनलले पाएकोले ६० करोड रुपैयाँ प्रोभजनिङ गरेको रकम खुल्ला हुने भएको छ । जस्मा २५ करोड जति पोजेटिभ रिजर्भमा कम्पनीले राख्ने छ जुन लगानीकर्तालाई नगद लाभांश दिन नसके पनि बोनस शेयर दिन बाटो खुल्ने छ । 

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT