Sun 23 Jan, 2022

हिमालयन जनरल इन्सुरेन्सको पहिलो त्रैमसिक वितिय विवरण सार्वजनिक


हिमालयन जनरल इन्सुरेन्सको  पहिलो त्रैमसिक वितिय विवरण सार्वजनिक

हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमसिक वितिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा १०.८८% ले बढाएर ६ करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यसै सत्रमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क १०.०७% ले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले बिमा कोषमा १ अर्ब ८ लाख रुपैयाँ जम्मा गरेको छ । 

कम्पनीको चुक्ता पुँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसयर आम्दानी २२ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ९ पैसा रहेको छ । 

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT