
निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल इन्फ्रास्ट्रक्चर बैंक को लाभांश सुरक्षित गर्न आज मंसिर ८ गते बुधबार अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले भोलि (मंसिर ९ गते) बुक क्लोज गर्दै छ । तसर्थ, आज सेयर खरिद गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले ८% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश वितरण गर्दैछ ।
निफ्राले मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ । निफ्राको साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे देखि बस्नेछ ।