Sun 23 Jan, 2022

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा


छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १८ हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । सो सेयर संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको दिन देखि ३५ दिनभित्र छिमेकको प्रधान कार्यालय मध्य बानेश्वर काठमाडौंमा निवेदन दिइसक्नु पर्ने छ । यसको भाउ कम्पनीले निर्धारण भने गरिसकेको छैन । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT