Sun 23 Jan, 2022

यो ४-१२ को क्याप लगानीकर्ताको हितमा छ ; केसब कोइराला


यो ४-१२ को क्याप लगानीकर्ताको हितमा छ ; केसब कोइराला

नेपाली पुंजी बजारमा चिरपरिचित नाम हो केसब कोइराला | बजारमा उनलाई शेयर काका भनेर पनि चिनिन्छ |

पुंजी बजारको बिकृति र विसंगतिको बिरुद्धमा आवाज उठाउदै आएका  शेयर काका सँग लगानिसुत्रका सह सम्पादक बिनम कोइरालाले गरको अन्तरबार्ताको सम्पादित अंश :

तपाईले शेयर बजारलाई चोर बजार भन्नु हुन्छ | नेप्से कसरी चोर बजार भयो ?

नेपालको शेयर बजार लगानी गर्ने थलो हुनु पर्ने हो तर अहिले फलास खेलेर बजारलाई विकृत बनाईएको छ | कम्पनीको मुल्य कृतिम रुपमा बढाएर , कर्नरिंग गरेर , सरकुलर ट्रेडिङ गरेर कम्पनीलाई टुप्पोमा लग्ने ,नयाँ लगानीकर्तालाई उकास्ने अनि कम्पनीको मुल्य घट्छ अनि आफुले आफ्नो झोला भर्ने अरुलाई फसाउने  प्रबिधिले बजारमा जोखिम बढेको छ | यसरी चोरहरुले अरुलाई फसाउने गर्न भएको भएर मैले चोर बजार भनेको हु | 

नयाँ सरकार अनि नयाँ अर्थ मन्त्रि भए पछि धेरै लगानीकर्ता आफ्नो सल्लाह  सुझाब लिएर सिंह दरबारमा जानु भएको थियो , तपाईं चाहिँ  किन जानु नभएको ?

शेयर बजार स्वतन्त्र क्षेत्र  हो , यो आफै बढ्छ | अर्थ मन्त्रिलाई भेटेर बजार बढाउन गर्नु पर्ने कार्यको सल्लाह दिदैमा बजार बढ्ने पनि हैन अनि एक त त्यो सल्लाह सुजाब  लागुपनि हुदैन | त्यहाँ जानु र नजानु को केहि फरक नै छैन |

बजार बढ्दा खुसिहुने उफ्रिने अनि घट्दा अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने गुहार्ने यो गलत कृयाकलाप हो , यस्ताको पछि लग्नु हुदैन |

अहिले चर्चामा रहेको ४-१२ को क्याप के यो लगानीकर्ताको हितमा छ कि छैन ?

यो जुन कुरा छ ४-१२ को क्याप भन्ने यो लगानीकर्ताको हितमा छ |

अहिलेको सक्रिय लाखौ लगानीकर्ता मद्धे ५०-६० जना जति लगानीकर्तालाई यो क्यापले असर गरेको छ | अरुलाई यसले केहि पनि असर गरेको छैन | 

बैंक सँग उद्योग खोल्न दिने पैसा छैन अनि ४-१२ को क्याप हटाएर बजारमा तिन पत्ति खेल्न पैसा दिनु पर्ने |

त्यहि ५० – ६० जना जसलाई असर गरेको छ त्यहि मान्छे हार गुहार गरेर कहिले मन्त्रालय कहिले राष्ट्र बैंक धाएका हुन् | यी जति  लगानीकर्ताको हितमा काम गर्ने भनिएको  संघ , राष्ट्र बैंक , अर्थ मन्त्रालय , तरलता , अर्थ मन्त्रिले यसो भनो रे भन्ने जतिकुरा छन्  यि सब बजारलाई प्रभाब पार्न खेलिएका पत्ताहरु हुन् |

आफुले किनेको शेयर बढाउने अनि फेरी घटाएर सस्तोमा  किन्ने धन्दाको लागि कहिले अर्थ मन्त्रीले यसो भने रे कहिले के भनेरे भनेर हल्ला मचाउने गरेका मात्र हुन् |

यो ४-१२ को क्याप साना लगानीकर्ताको हितको लागि ल्याईएको हो | आज यो क्याप हटे बजार तुरुन्तै १५०-२०० अंक माथि जान्छ तर कति सम्मको लागि ? २- ३ हप्ताको लागि बजार माथि जान्छ अनि पुराना लगानीकर्ताले आफ्नो प्रोफिट बुक गर्छन नयाँ लगानीकर्ताले टोपी लाउन्छन् |

हकप्रद निस्कासनको बिषयलाई लिएर धेरै बोल्नु भएको छ | कति कम्पनीको त खुलेर नै बिरोध गर्नु भएको छ | कस्तो संस्थाले हकप्रद निस्कासन गर्दा ठिक हुने हो ?

हकप्रद त्यस्ता कम्पनीले निकाल्नु पर्छ जसलाई भएको चुक्ता पुँजीले ब्यापार बढाउन असहज भएको छ | 

अन्तरास्ट्रिय जगतमा हकप्रद जारी गर्ने संस्था कम्जोर हुन् भनेर त्यस्तो कम्पनीको शेयर सस्तोमै बेचेर निस्किन्छन् | नेपालमा भने हकप्रद जारी गर्ने संस्थाको तिन चार पटक सर्किट लाग्छ |
अगाडिको बुलिस बजारमा ५००० सम्म पुगेको NLIC अहिले २००० कट्न पनि सकेको छैन | यो सब नचाहिने बेलामा हकप्रद जारी गरेर हो | अति पुँजी वृद्धिले नबिलको हालत देखि हाल्नु भयो | छोटो समयमा शेयर बढ्छ अनि १०० को शेयर १००० मा किन्छन् , नयाँ लगानीकर्ता जसलाई त्यति ज्ञान नै हुदैन अनि फेरी तिन पत्ती खेल्नेले पैसा कुम्ल्याउछ  अरु आफ्नो एक्का ट्राएल कुरेर बसेको बस्यै | टाठा बाठाले कमाउछन् अरु हेरेको हेर्यै |

नेप्से , धितोपत्र बोर्डले आफ्नो बजारमा गर्नु पर्ने कार्य मोनिटरिङ के सहि ढंगले गरि रहेको छ त ?

यहाँ हरेक दिन इन्साइडर ट्रेडिङ हुन्छ , कर्नरीग हुन्छ , सरकुलर ट्रेडिङ हुन्छ तर केहि पनि कारबाही हुदैन | नेप्से, धितोपत्र बोर्ड , राष्ट्र बैंक सबैका कर्मचारी सुचना बाहिर चुहावट गर्ने अनि इन्साइडर ट्रेडिङ गर्ने गर्छन | इन्साइडर ट्रेडिङ लुकेर गर्नु पर्ने खुल्लम खुल्ला गर्छन | जे गरेपनि हुन्छ केहि कारबाही हुदैन |

नामै तोकेर बजारमा प्रभाव पर्ने गरि कम्पनीको नाम तोकेर भन्नु त गैरकानुनी हो हैन र ? तपाईं खुलेरै यो किन रम्रो छ भन्नु हुन्छ |

म त कम्पनीको डाटा देखाएर यस्तो छ त्यस्तो छ भन्छु | तर यहाँ त दिन दिने  क्लब हाउसमा गएर कर्नरिइंग गर्ने , हल्ला गर्ने यो किन त्यो किन भन्ने गर्छन | त्यसरी खुल्लम खुल्ला म यो संस्था लाई उचालेर १०० को कम्पनी १०००   पुर्याउछु भन्दा त कारबाही हुदैन | 

म डाटामा बोल्ने मान्छेलाई कारबाही गर्ने हो भने म  सजाय भोग्न तयार छु |

नेप्से र धितोपत्रको अधक्ष्यमा चयन हुन ढिलो भयो कि छैन ?

अहिले बजारमा अधक्ष्यको कुनै कमि भएको छैन |

त्यहाँ नियुक्ति भएर आउने मान्छे पैसा खुवाएर आउने हो | अहिले पनि बजार चलीरहेको छ अनियमितता भई रहेको छ | अहिलेका कर्मचारीले खाइरहेका छन् अब नयाँ टाउके आउनेहो, अनि खाने हो | त्यहिँ पैसाको डिलमा कुरा भएर नै ढिलो भएको हो |

त्यो ठाउँमा हामीले चाहेका मान्छे आउदैनन् | पैसा खुवाएर आउने मान्छेले पैसा कमाऊछ र हाम्रो हितमा कामै गर्दैन | 

अरुलाई बजारको बिषयमा सचेतना गर्ने काका आफूले टोपी लाउनु भएको छ कि छैन ?

बजारमा सधै कमाईन्छ भन्ने हुदैन | म मेरो लगानीको केहि हिस्सा ट्रेड गर्छु | कुनै संस्था सर्ट टर्मको लागि घटेपनि लंग टर्मको लागि नाफाहुने हिसाबले पनि लगानी गर्छु | सर्ट टर्मको ट्रेड गर्दा कहिले नाफा हुन्छ कहिले घाटा हुन्छ ट्रेड गर्दा सधै नाफा हुन्छ भन्ने हुदैन |

बजारमा प्राबिधिक विश्लेषणहरुको आफ्ना-आफ्नै विश्लेषण हुन्छ कहिले बजार माथि कहिले तल भन्छन् | तपाई  धर्के एनलाईसीस भन्नुहुन्छ कतिको विश्वास गर्नु हुन्छ प्राबिधिक विश्लेषणमा ?

बिगतका डाटा हेरेर आगामी दिनको अनुमान गर्ने यो शास्त्र हो यसलाई नजरअन्दाज गर्नुहुदैन यो सिक्नु पढ्नु पर्ने शास्त्र हो |

साचिकै सत्य विश्लेषण गर्ने विश्लेषकमा त मेरो विश्वास रहन्छ नै |

तर बजारमा प्राबिधिक विश्लेषणको गलत प्रयोग भएको छ | एक दिन बजार ५० अंकले बढे अब बजार ४५०० – ५००० अंकमा पुग्छ भनेर धर्का कोर्ने अनि नयाँ लगानीकर्तालाई महंगोमा किन्न लाएर  पछार्ने | अनि ३०-४० अंकले बजार घट्न पाको छैन फेरी बजार अब १५००-२००० अंकमा झर्छ भनेर त्यहि धर्केले भन्छन् | यसरी मत्याउने र अत्याउने काम गर्ने धर्का कोर्ने साथीको मैले बिरोद गरेको हो | 

अहिले बजारमा मान्छे लगानी गर्छन अनि टेक्निकल भन्दै सिक्न जान्छन | पहिले प्राबिधिक विश्लेषण गर्नुस अनि  बजारमा लगानी गर्नुस |

कुन कुन कम्पनी चिया बिस्कुट कम्पनी हुन् त ?

मैले लिस्ट बनाएर राखेको छैन | जुन कम्पनीको मुल्य महँगो छ तर वार्षिक ५ % पनि प्रतिफल दिन सक्दैनन् घाटामा गएका छन् |  चिया बिस्कुट भन्नुको मतलब साधारणसभामा बोलएर बोनस दिन नसक्ने अनि चिया र बिस्कुटमात्र दिएर पठाउने त्यस्ता संस्थालाई चिया बिस्कुट  कम्पनी भनेको हु |

खूलेर संस्थाको नाम  नै तोकेर बिरोद गर्नु हुन्छ | यसो गर्दा तपाईले धम्कि , गाली गलोज कतिको सामना गर्नु पर्छ ?

त्यसरी खुलेर अगाडि कसैले भनेका छैनन् | सामाजिक संजालमा कहिले कहिँ धम्कि , गाली आउछ | यहाँ राम्रो काम गर्दा गालि र नराम्रो काम गर्दा ताली पाहिन्छ | राम्रो काम गर्ने मान्छे परे गाली त आहि हाल्छ |

बजारमा ८० रुपैयाँ मुल्य भएका संस्था अहिले १००० माथि भएका छन् | फेरी बजार घट्दा ति संस्था आफ्नै ठाउँमा आउदा के हुन्छ | यो कुरा भन्दा गाली गर्छन तर वास्तविकता यहि हो | 

म  विकृति विसंगति को बिरोदमा बोल्छु |  विकृति विसंगति को बिरोदमा बोल्न नसक्ने भए मान्छे भएको के प्रमाण त | 

आज सम्म तपाईले कुन कुन संस्थाको विरुद्धमा मुद्धा हाल्नु भयो ? कुन कुन मुद्धा जित्नु भयो ? के कतिलाई कारबाही भयो ?

कुनैलाई पनि जितिन | नियमक निकाय र संस्था सबै मिलेका हुन्छन् |  सबै टाउके मिलेर काले काले मिलेर खाऊ भाले भनेर अनियमितता गर्छन | कारबाही कसैलाई पनि हुदैन |

मैले अजोड इन्सुरेन्सका विरुद्धमा मुद्धा दिएको अझै सम्म पनि छानबिन भएर प्रतिबेधन आएको छैन | धेरै हाइड्रोका बिरुद्धमा मैले मुद्धा हालेको अझै सम्म पनि केहि हुन सकेको छैन |

यिनै कारणले गर्दा मैले चोर बजार भनेको हो |

वार्षिकीकरण गरिएको  EPS का बिषयमा धेरै भन्नु भएको छ | के हो यो बिषय खासमा ?

अन्तर्राष्ट्रिय स्थरमा EPS लाई वार्षिकीकरण गरिदैन | वर्ष भरि एकै रेसियो मा ब्यापार गर्ने संस्थाले वार्षिकीकरण  गराएको  EPS निकाल्दा केहि हुदैन | जस्तो बैंक , इन्सोरेन्स , फाइनेन्स जस्ता को वर्ष भरी एकै किसिमको नाफा हुन्छ | तर हाइड्रो पावर जुनको पहिलो त्रैमासिकमा रहेको नाफा वार्षिक विवरण  निकाल्दा सम्म पुग्दा कायम रहन सक्दैन |

हाइड्रोले प्रथम त्रैमासमा ४०, ५०, ६० सम्म EPS निकालेक हुन्छन | दोस्रो र तेस्रो त्रैमास सम्म पुग्दा EPS माइनस मा पुगिसकेको हुन्छ | असार , साउन,  भदौमा खोलामा पानी हुन्छ राम्रो EPS आऊछ कार्तिक मङ्सिर , पुसमा  खोलामा पानी हुदैन EPS घट्छ | त्यसैले यो झुक्याउने EPS निस्कासन गर्न हुदैन | सिजनल आम्दानी हुने संस्थाले वार्षिकीकरण गरिएको  EPS निस्कासन गर्न हुदैन | 

तपाई हाइड्रोको पछि मात्र लग्नु हुन्छ आरे हो ? हाइड्रोको शेयर बेचेर बस्नु भएको ले पो हो कि ?

आज भन्दा दुई वर्ष अगाडि मैले हाइड्रोमा लगानी गरौ भनेर सार्वजनिक रुपमा भनेको थिए | अहिलेको अवस्थामा अधिकासं हाइड्रो उच्च जोखिममा छन् | लगानीकर्ता अहिले अत्ति महँगो मुल्यमा किनेर पछि बजार  फेरी तल जाने क्रममा त डुबेनन् त मान्छे | हाइड्रो मात्र हैन अरु सेक्टरको पनि बिषयमा म बोलि रहन्छु |

अरु कम्पनी र हाइड्रो कम्पनी मा आकास जमिनको फरक छ | हाइड्रो कम्पनी सधै लगानीकर्ताको हुदैन |

सबै हाइड्रो पावर पछि नेपाल सरकारको मातहतमा जान्छ | त्यस्तो संस्था जुन घाटामा छ नाफा दिन सक्दैन र पछि आफ्नो कम्पनी पनि हुदैन त्यस्तो संस्थामा लगानी गरेर फसीएला भनेर सजक गरेको मात्र हु |

तपाईको विश्लेषणमा साहस उर्जा कस्तो संस्था हो ?

अहिलेको बजारमा भर्खरै जारी भएको साहस उर्जाको भित्रि रुपमा मैले हेरेको छैन | आइपिओ निस्कासन गर्दाको विवरण हेर्दा जगेडा कोषमा , नेट वोर्थमा राम्रो अंक भएको देखिन्छ कसरी कमायो थाहा छैन  | कम्पनीले हाल देखाएको  प्रोजेक्टमा १४ देखि १६ करोड प्रति मेगावटमा निर्माण हुने रहेछ | अहिलेको अवस्थामा कुनै पनि हाइड्रो प्रति मेगावाट २० करोड भन्दा तल निर्माण गर्न सक्यो भने राम्रो छ ,  राम्रो प्रतिफल दिन्छ | निर्माण सम्पन्न गर्न भने  सक्छ सक्दैन त्यो ग्यारेन्टि छैन |

तपाईलाई भित्रि सूचना कतिको आउछ ? कतिको इन्साइडर ट्रेडिङ गर्नु हुन्छ ?

म कुनै सूचनाको पछि लगेर कसैको ढोका चाहार दिन | त्यसरी ढोका ढोका चहार्दा मलाई मेरो फलोअर्सले पत्याउदैनन् | सुचना भनेको कोहि पनि घरको ढोकामा पुराउन आउदैन आफै ढोका ढोका कुद्नु पर्छ जुन म गर्दिन |

तपाईले IGI को इन्साइडर ट्रेडिङ गर्नु भएको हो ?

मेरो डीम्यात खाता खोलेर त्यो कम्पनी मैले किनेको बेचेको रहेछ भने मैले के सजाय भोग्न पर्छ म भोग्न तयार छु | यो एक वर्षमा मैले IGI भन्ने कम्पनी किनेकै छैन |

काकाले ब्रोकर बाट दुख पाउनु परेको छ कि छैन ?

म अलिक बोल्ने मान्छे भएर पनि होला मैले दुख पाउनु परेको छैन | नबोल्ने साथीहरुले त धेरै दुख पाउनु भएको छ |

तपाईलाई नेपालको ब्रोकर शुल्क कतिको महँगो लाग्छ ?

ब्रोकर सुल्क एकदमै धेरै छ | संसारमै नभएको ब्रोकर सुल्क हाम्रोमा छ |

तपाई बजार बढ्दा मात्र छाउनु हुन्छ बजार झर्दा हराउनु हुन्छ भन्ने आरोप लागेको छ नि ?

 म बजार बढ्दा , घट्दा सधै संगै बजार मै छु | अहिले शेयर बेचेर घर किन्ने बेला हो मैले सांकेतिक भाषामा भन्ने गरेको छु | बजार बढ्दा शेयर बेचेर नगद पैसा बनाएर राख्नु पर्छ | 

यहाँ शेयर घट्दा किन भन्दा सबै खुसि हुन्छन् तर बढेको बेला बेच भन्दा बदनाम हुने गाली खाने गरिन्छ | यहाँ सत्य बोलेको कसैले बिस्वास गर्दैनन् | अरुलाई फसाउने कुरा गर्नुस सबैले तारिफ गर्छन | म बजारमा सधै छु |

तपाईले शेयर बजारबाट घर घडेरी किन्नु भयो त ?

म शेयरमा लग्नुभन्दा अगाडिनै म सँग काठमाडौँमा घर , घडेरी छ | मैले शेयरको पैसा शेयरमै लगानी गरेको छु |

हालको बजारको भविस्य कता तिर जाने देख्नु भएको छ र लानिकर्तालाई के सल्लाह सुझाब दिनु हुन्छ ?

अहिलेको बजार बुलमा छ | प्राय सबै क्षेत्र बढिसके अब बैंक क्षेत्रमा बुल न आइ यो बुल बजार सकिदैन | बैंकमा बुल आउन समय लाग्न सक्छ तर बैंकमा बुल आउनुनै पर्छ | 

बजार मा बुल र बियर समय निर्धारण गरेर आउने हैन | जब मान्छेले बजारबाट पैसा निकालेर बस्छन तब बियर बजारमा आउने हो | तर पनि अझै पनि बुल बाँकि छ |  

अबको साउन , भदौमा बजार अगिल्लो पटकको  उच्चतम बिन्दु भन्दा माथि जान्छ | 

नयाँ लगानीकर्ताले लगानी गर्दा राम्रो लाभांस दिने संस्थामा लगानी गर्नु पर्छ | पुराना लगानीकर्ताले त जता लगानी गरेर पनि कमाई हाल्नु हुन्छ , खेलाई हाल्नु हुन्छ | 

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT