Sun 23 Jan, 2022

सपोर्ट लघुवित्तको संस्थापक समूहको सेयर लिलामीमा


सपोर्ट लघुवित्तको संस्थापक समूहको सेयर लिलामीमा

मंसिर १२, आइतबार

सपोर्ट लघुवित्तले संस्थापक समूहको १५ हजार ८५० कित्ता सेयर लिलामीमा राखेको छ |

यसमा मंसिर १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीले यसको न्यूनतम ५५० रुपैयाँ भाउ राखेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यस सेयर खरिद गर्न विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् भने न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा बुझाउन सकिनेछ ।

कम्पनीले संस्थापक सेयर कात्तिक २९ गतेबाट खुल्ला गरेको थियो ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT