Sun 23 Jan, 2022

घट्दो बजार लामो समय सम्म लगानीगर्नेलाई अवसर : सुवास भट्टराई


घट्दो बजार लामो समय सम्म लगानीगर्नेलाई अवसर : सुवास भट्टराई

नेपाली शेयर बजारका लगानीकर्ता तथा विश्लेषक सुवास भट्टराई बिगत २४ वर्षदेखि शेयर बजारमा सकृय छन् | झापा दमकका भट्टराई नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रदेश १ का संयोजक पनि छन्। उनी शेयर सम्बन्धी तालिम तथा परामर्स पनि दिँदै आएका छन्।
सामाजिक संजाल फेसबुकबाट पनि भट्टराईले शेयर बजारको अवस्था र शेयर सिक्षा दिने गरेका छन् |
कहिले रमाईलो र कहिले कडा रुपमा लानिकर्तालाई सचेतना गराउने भट्टराईले अब नेपाली सेयर बजार ५४०० कन्फर्म पुग्ने दाबी पनि गर्दै आएका छन् |
आज घटेको बजारलाई भने लामो समय सम्म लगानीगर्नेलाई अवसर भनेर भनेका छन् | ट्रेडरलाई भन्दा पनि इन्भेस्टरलाई अवसर रहेको भन्न खोजेका छन् |

त्यस्तै अब शेयर बजार बढ्ने आधारहरु भनेर आफ्नो फेसबुकको वालमा मन परेर कपिड भनेर २१ वटा आधार सेयर गरेका छन् :-
१. बजारले ४/१२ को फण्डा ९०% पचाइसकेको |
२. NRB ले तरलता सहज बजाउने संकेत गरेको ।
३. CCD Ratio मा लचकता अपनाएको । ( 2079 असार मसान्त)
४. लाभांशको सिजन रहेको |
५ . कतिपय कम्पनीको मुल्य १८० दिनको औसत मुल्य भन्दा तल रहेको |
६. NRN हरुले छुट्टै कोष स्थापना गरि शेयर बजारमा लगानी गर्ने सोच बनाएको ।
७. व्याजदर निश्चित प्रतिशतले मात्रै बढ्ने ।
८ . शेयरलाई नयाँ लगानीकर्ताहरुले पेसाको रुपमा लिन थालेका ।
९. आम चुनाव , स्थानीय चुनाव तथा प्रदेश चुनावकको समय करिब करिब नजिकै आएको ।
१०. राज्यले पुंजीगत खर्च दोस्रो चौमासिक बाट बढाउदै लैजाने परम्परागत चलन ।
११. शेयर बजारमा ११ लाख लगानीकर्ता अनलाइन मार्फत कारोबार गर्ने गरेका |
१२. कोरोनाको नयाँ भेरियन्ट ओम्रिकानो भारतमा प्रवेश गरिसकेको ।
१३. युरोपेली मुलुकमा कोरोनाको बढ्दो लहर ।
१४. बैकिङ सेक्टरमा बुल आउन बांकी नै रहेको ।
१५ . उत्पादनमूलक सेक्टर जस्तो NCELL , भाटभटेनी , विधुत प्राधिकरण , केबुलकार , सिमेन्ट कम्पनी , पेप्सि , कान्तिपुर दैनिक , WoRldlink, चाउचाउ कम्पनी आदिको IPO आउन सक्ने सम्भावना रहेको ।
१६. धितोपत्र बोर्डमा नयाँ कुलमान आउने सम्भावना रहेको ।
१७ . बैकलाई ब्रोकर लाइसेन्स र ब्रोकरको क्षमता विस्तार तथा शाखा विस्तार गर्ने सम्भावना रहेको ।
१८. करिब ४८ लाख जनताले DMAT खाता खोलेको ।
१९. सरकारको १५ औ योजना अनुसार कुल जनसंख्याको २०% जनतालाई पुंजीबजारमा ल्याउने लक्ष्य तथा रणनीति रहेको ।
२०. सरकारको आम्दानीको प्रमुख स्रोतको रुपमा पुंजीगत लाभकर रहेको ।
२१) हार स्वीकार गर्न वा आत्मसमर्पण गर्ने नेपाली को बानी नभएको ले अर्थात आगोले पोलेको घाउ आगो मै सेकेर नै निको बनाउनु पर्छ भन्ने भावना पैदा हुनाले।

हाल बजार घटी रहेको अवस्थालाई मध्यनजर गर्दै भट्टराईले ‘सेयरबजार को धर्म भनौ वा सुन्दरता भनेको उतारचढाव हो। अल्पकालीन मा प्रसबवेदना कि महिला जतिको पीडा हुनसक्छ। दीर्घकाल चाहिँ रमाइलो छ।
सतिसाल जस्तो भएर टिक्नु पर्यो! गुदि भएको कम्पनी खोज्नु पर्यौ। सकारात्मक सोचका Mentor रोज्नु पर्यो।’ भनेर पोष्ट गरेका छन् |

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT