Sun 23 Jan, 2022

हप्ताको पहिलो दिन नेप्सेमा पहिरो ; प्राविधिक विश्लेषण


हप्ताको पहिलो दिन नेप्सेमा पहिरो ; प्राविधिक विश्लेषण

मंसिर १२, आइतबार

ओमिक्रोन भाइरसको बढ्दो संक्रमणको कारणले विश्वव्यापी स्टक बजारहरूमा ठुलो अंकको गिरावत आएको छ । विश्वव्यापी स्टक बजार घट्ने क्रममा नेप्से पनि अछुतो रहन सकेन। भाइरसको त्रास र ४/१२ को क्याप नहट्नाले आज नेप्सेमा पनि भारी अंकले गिरावत आएको छ ।

नेप्सेमा आजको गतिविधि

नेप्से आज २६५१.४९ मा बन्द भएको छ । नेप्से हिजो भन्दा ८०.२९(-२.९४%) अंकले घटेको हो । 

नेप्से आज २७३१.७८ मा सुरु भएको थियो भने इन्ट्राडे मा २७३३.३५ को उचाइमा पुगेको थियो । आज नेप्से २६४५.६४ अंक मुनि पुगेपनि २६५१.४९ अंकमा बन्द भएको छ । आज बजार निरन्तर तल झरिरहेको थियो । 

आज बजारमा २३४ वटा कम्पनीको १ करोड १९ लाख कित्ताको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २३४ कम्पनी मध्य ६ कम्पनी मात्र उकालो लागेका छन् , १८२ कम्पनी ओरालो लागेका छन् । 

आज बजारमा सबै क्षेत्रमा रातो मात्र लागेका छन् । आज सार्वाधिक घुमाउने लाइफ इन्सुरेन्स रहेको छ । यसले ५३८.०३ (३.६६%) अंक घुमाएको छ । 

सार्वाधिक कमाउने कम्पनी आइसिएफसि रहेको छ भने सार्वाधिक घुमाउने कम्पनी हिमालायन पावर रहेको छ । 

ब्रोकर विश्लेषण

आज बजारमा सार्वाधिक कारोबार ब्रोकर ४२ रहेको छ । यस ब्रोकरले १ अर्ब १२ करोड रुपैयाँको कारोबार गरेको छ भने दोस्रो सार्वाधिक कारोबार गर्ने कम्पनी ५८ रहेको छ । ब्रोकर विश्लेषण हेर्ने हो भने ४२ र ५८ले ह्याण्ड एक्चेन्ज गरेको देखिन्छ । ब्रोकर ४२ ले एनआरआइसि सार्वाधिक बेचेको छ भने उक्त कम्पनी ५८ले उठाएको छ । यसै गरि ब्रोकर ४५ले सार्वाधिक अपि बेचेको छ भने खुद आफैले सार्वाधिक रुपमा अपि नै उठाएको छ ।

प्राविधिक विश्लेषण

बजार आज भारी मात्रामा घटेको छ । हिजो अस्ति रिभर्सल क्यान्डल बनेको नेप्सेमा आजको मारुबोजु क्यानडलले नेप्सेको दिशा नकरात्मक देखाएको छ । अन्योलमा रहेको बजारमा इनडिसिजन क्यान्डल पछि बियरिस क्यान्डल बन्नुले नेप्से ओरालो लाग्ने कन्फरमेसन दिएको मान्न सकिन्छ । 

Bollinger Band:

केहि समय साइडवेज गएको यस मार्केट आज बाट लोअर ब्याण्ड मुनि झरिसकेको छ । साइडवेजमा हिडेको Bollinger Band मा तल्लो ब्याण्ड खुम्चिनुले पनि बजार को यात्रा नकरात्मक रहेको देखाउछ । 

भोल्युम :

आजको भोल्युम एभ्रेज भोल्युम हाराहारी आएको छ । बजार घट्दा सँधै कम भोल्युम आउने नेप्सेमा आज अचानक यसरी सेल्लर्स आउनुमा बजारलाई नकरात्मक असर पर्ने देखाएको छ ।   

MACD:

MACD ले गत नोभेम्बर २४ मै Signal लाइन क्रस गरेको थियो । Histogram पनि नकरात्मक बन्दै गएको यस सुचकले नेप्सेको यात्रा बियरिस देखाएको छ । 

RSI:

डाउन्ट्रेण्डमा रहेको RSI को मान ३९.६२ रहेको छ । यस अनुसार RSI पनि कम्जोर रहेको छ ।

DMI:

नकरात्मक DMI ३९.४३ छ भने सकरात्मक DMI २३.६९ रहेको छ । ADX भने १५.६३ मा उक्लिएको छ । यसरी  नकरात्मक DMI बढे सँगै ADX पनि बढ्नुले नेप्से अझै घट्ने अनुमान गारिन्छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT