Articles

नेपालको जनसंख्या वृद्घिदर अहिलेसम्म कै न्युन , पुरुषभन्दा महिला ६ लाख ले बढि

January 27th, 2022 by

माघ १३, बिहिबार केन्द्रीय तथ्यांक विभागले हिजो बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । २०६८ सालको जनसंख्या भन्दा अहिलेको जनसंख्या मात्र २७ लाखले बढि हो । जनसंख्याको वृद्घिदर ०.९३% रहेको । नेपालको जनसंख्या वृद्घिदर ८० वर्ष […]

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई सुवासचन्द्रको सुझाब

January 25th, 2022 by

नेपाली शेयर बजारका लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र भट्टराई बिगत २४ वर्षदेखि शेयर बजारमा सकृय छन् | नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रदेश १ का संयोजक भट्टराई शेयर सम्बन्धी तालिम तथा परामर्स पनि दिँदै आएका छन्। सामाजिक संजाल फेसबुकबाट पनि भट्टराईले शेयर बजारको अवस्था र शेयर सिक्षा दिने गरेका छन् | हालै आफ्नो सामाजिक संजालमा उनले […]

राष्ट्रिय वाणिज्य बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्छ – अर्थमन्त्री जनार्दन शर्मा

January 24th, 2022 by

माघ १०, सोमबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको । सोमबार  भएको यस साधारणसभामा अर्थमन्त्री जनार्दन शर्माले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको हो ।  अर्थमन्त्री जनार्दन शर्माले बैंकलाई ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक […]

ओमिक्रोनका लक्षणहरु के-के हुन् र जोखिम कसरी कम गर्न सकिन्छ

January 24th, 2022 by

माघ १०, सोमबार नेपालमा १७,४३७ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट कोभिड–१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ ।कोरोना […]

पौष मसान्तमा सोचे जति ब्याज उठ्न नसकेकोले इपीएस घट्यो, अब बढ्ने निश्चित छ : गोर्खाज फाइनान्स

January 23rd, 2022 by

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यसको वित्तीय विवरण सोचे अनुसारको नआए पछि लगानीकर्ता चिन्तित रहेका छन् | गोर्खाज फाइनान्सको दोस्रो त्रैमासिको विवरण सार्वजनिक भए संगै दीपेन्द्र अग्रवाल र संस्थाको सीइओ बीच खटपट रहेको हल्ला बाहिर आउन थालेको छ | यसै विषयमा दीपेन्द्र अग्रवाल भन्छन् :म गोर्खाज […]

बिहीबार १२,३३८ जनालाई कोरोन संक्रमण पुष्टि

January 20th, 2022 by

आज बिहीबार नेपालमा १२,३३८ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको जम्मा २७,४९७ परिक्षणमा १२,३३८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । पछील्लो २४ घण्टामा ४ जनाको मृत्यु भएका छन् भने ६४९ जना कोरोना मुक्त भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्रै २६,६९८ जना सकृय सङ्क्रमित रहेका छन् ।

आई.एम.ई. लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा

January 16th, 2022 by

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई. एम. ई. लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनिले लिएको छ । लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा […]

नेप्से को वेबसाईट डाउन

January 2nd, 2022 by

डोमेन नवीकरण नगरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य वेबसाईट डाउन भएको छ । नवीकरणवापतको रुपैयाँ नतिर्दा नेप्सेको वेब साईट डाउन भएको हो । लगानीकर्ताको सूचनाको अधिकारमाथि लापरवाही कुन हदसम्मको हुन्छ र नेप्सेका कर्मचारी लगानीकर्ताप्रति कुन हदसम्मको वेप्रवाहा छन् भन्ने कुरा देखाएको छ | नेप्सेले नयाँ डोमेन डटकम डट एनपी संचालनमा ल्याउन तयारी गरिरहेको छ […]

यस्ता छन् सन् २०२१ को बजार समिस्श्रण

January 1st, 2022 by

पौष १७, शनिबार सन् २०२२ नयाँ वर्षको पहिलो कारोबार नेप्सेले भोलि आइतबार जनवरी २ बाट सुरुवात गर्ने छ । विगत ६ महिना यता नेप्से लगातार घटेर निराश बन्न पुगेका लगानिकर्ताहरु यस वर्ष केहि सुखद रहने विश्वस्त रहेका छन् ।   कस्तो रह्ययो नेप्से २०२१ मा ? जनवरी ३, सन् २०२१ मा २१०४.८५ बाट सुरु भएको […]

तिन संस्थाको साधारण सभा आज बस्दै ; कुनले कति लाभांश दिने ?

December 31st, 2021 by

सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौं वार्षिक साधारण सभा आज शुक्रबार पुस १६ गते गर्ने भएको छ । कम्पनीले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसूर्योदय लघुवित्त र वोमी लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुन लागेका […]