Finance

GGBSL

घोडीघोडा लघुवित्तको साधारणसभा कहिले ?

November 28th, 2021 by

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले ६ औं वार्षिक साधारणसभा पौष १० गते, शनिबार गर्ने भएको छ । यस संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरको प्रक्रिया नटुङ्गिएको हुँदा यसको कारोबार रोक्का भइरहेको कम्पनीले बताएको छ ।  

सपोर्ट लघुवित्तको संस्थापक समूहको सेयर लिलामीमा

November 28th, 2021 by

मंसिर १२, आइतबार सपोर्ट लघुवित्तले संस्थापक समूहको १५ हजार ८५० कित्ता सेयर लिलामीमा राखेको छ | यसमा मंसिर १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीले यसको न्यूनतम ५५० रुपैयाँ भाउ राखेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यस सेयर खरिद […]

samata

समता घरेलु लघुवित्तको साधरणसभा

November 28th, 2021 by

मंसिर १२, आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औं साधारणसभा पौष ७ गते, बुधबार गर्ने निर्णय गरेको छ । मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले आफ्नो सेयरधनीलाई २०% बोनस सेयर र ५% नगद लाभांश गरि कुल २५% लाभांश वितरण गर्ने भएको छ । साथै, सेयर संरचना ७०:३० कायम हुने […]

आरएसडीसी लघुवित्तको ८ औं वार्षिक साधारण सभा

November 26th, 2021 by

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज मंसिर १० गते, शुक्रबार बस्दैछ । सभामा १०% बोनस सेयर र ०.५३% नगद वितरण गर्ने प्रस्ताव रहेको छ । एसियन होटल, कालिकानगर बुटवलमा बिहान ९ बजेबाट सभा सुरु हुनेछ ।  

llbs

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज

November 26th, 2021 by

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज मंसिर १० गते, शुक्रबार बस्दैछ । सभामा २०% बोनस सेयर र ७.३६% नगद वितरण गर्ने प्रस्ताव रहेको छ । सभा भिडियो कफ्रेन्सको माध्यमबाट गरिने कम्पनीले बताएको छ ।अग्रवाल भवन कमलपोखरी,काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । 

nubl

निर्धन उत्थान लघुवित्तले ३१.०५२६% लाभांश वितरण गर्ने

November 26th, 2021 by

निर्धन उत्थान लघुवित्त संस्थाको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले २९.५% बोनस सेयर र १.५५२६% नगद लाभांश (कर तिर्न) गरि कुल ३१.०५२६% लाभांश वितरण गर्ने निर्णय गरको छ । उक्त्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले बताएको छ । 

नेरुडे लघुवित्तले वार्षिक साधारणसभा गर्ने

November 26th, 2021 by

नेरुडे लघुवित्त संस्थाले १५ औं वार्षिक साधारणसभा पौष १० गते, शनिबार गर्ने भएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले २१.४८% बोनस र कर प्रयोजनसहित १.१३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  सभा प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभा उद्योग संगठन […]

KMCDB

कालिका लघुवित्तले १३% बोनस सेयर दिने

November 25th, 2021 by

कालिका लघुवित्त वित्तीय संस्थाले हिजो (मंसिर ८ गते) बसेको सञ्चालक समितिको बैठकले आ.व २०७७/७८ को नाफाबाट १३% बोनस सेयर दिने निर्णय गरको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कालिका लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले बताएको छ । 

price adjustment

मेरो माइक्रोफाइनान्सको मूल्य समायोजन

November 25th, 2021 by

मेरो माइक्रोफाइनान्सको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि मेरो माइक्रोफाइनान्सको भाउ नेप्से ले रु. १२०० निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १४४० रहेको थियो । कम्पनीले आज (मंसिर ९ गते) बुक क्लोज गरेको हो । मंसिर ८ गते सम्म खरिद गर्ने सेयरधनीले २०% बोनस सेयर र कर तिर्न १.०५२% […]

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

November 24th, 2021 by

छिमेक लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १८ हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । सो सेयर संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको दिन देखि ३५ दिनभित्र छिमेकको प्रधान कार्यालय मध्य बानेश्वर काठमाडौंमा निवेदन दिइसक्नु पर्ने छ । यसको भाउ कम्पनीले निर्धारण भने गरिसकेको छैन ।  यस […]